एक हजारका ५१४ नक्कली नोटसहित दुईजना पक्राउ

२०८१ जेष्ठ २७, आईतवार

काठमाडौं : एक हजार दरका ५१४ वटा नक्कली नोटसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

कलंकीस्थित ह्वाइट र्‍याबिट रेस्टुरेन्टबाट आइतबार प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

कलंकी बस्ने ४७ वर्षीया तारादेवी डंगोल र ४१ वर्षीया निलिमा श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार