रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

२०८१ असार १९, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बिहान पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्दै छ ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । साथै नयाँ सत्ता समीकरण, महामन्त्री डा. मुकुल ढकालले बुझाएको प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने बताइएको छ । नयाँ राजनीतिक समीकरण बनेपछि सरकारमा रहेका मन्त्रीको भूमिका र सरकारलाई दिएको समर्थनबारे पनि थप छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार