नेकपा एसका दुई मन्त्रीले राजीनामा नदिने

२०८१ असार २०, बिहीबार

काठमाडौं : नेकपा एकीकृत समाजवादी (एस) बाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा नदिने भएका छन् ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्रीलाई आफ्नो पार्टीको विश्वासको मत रहेको भन्दै पार्टीका मन्त्रीहरुले राजीनामा नदिने बताए । एकीकृत समाजवादी सहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन सहित २ मन्त्रालय लिएर सरकारमा सहभागी छ ।

सहरी विकास  मन्त्रालयमा धन बहादुर बुढा र सामान्य प्रशासन मन्त्रालयमा भानुभक्त जोशी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार