महोत्तरीमा गोली हानेर युवकको सिक्री लुट्ने दुईजना पक्राउ

२०८१ असार २०, बिहीबार

जनकपुरधाम : महोत्तरीको गौशालामा युवकलाई गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमाल धनुषाको सबैला नगरपालिका ९ भटिहनका ४७ वर्षीय शशी शंकर कापर र महोत्तरीको भंगाहा नगरपालिका -२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ छन् । पक्राउ परेका आरोपित दुवैजनालाई महोत्तरी प्रहरीले बिहीबार सार्वजनिक गरेको हो । अनुसन्धानका क्रममा दुबैजना यसअघि पनि विभिन्न मुद्दामा जेल चलान भएर छुटिसकेको खुलेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए ।

गत जेठ २८ गते गौशाला नगरपालिका-५, मरहा खोलामा साँझ साढे ५ बजे वडा नम्बर ११ बस्ने विनयकुमार सिंहमाथि गोली प्रहार गरी सुनको सिक्री लुटपाट भएको थियो । घटना महतो घाइते भएका थिए । घटनास्थलबाट दुईवटा गोली र दुईवटा गोलीको खोका बरामद भएको थियो ।

घटनापश्चात आरोपित दुवैजनाले लगाएको कपडा पहिचान लुकाउनको लागि महोत्तरी पिपरा गाउँपालिका-६ रतौलीस्थित खेतमा पेट्रोल छरी जलाई नष्ट गरेको प्रहरी जनाएको छ । दुबैजना १. प्र.२-००९ प २८६१ नं. को मोटरसाइकलमा पेस्तोलसहित लुटपाटमा संलग्न भएको प्रहरीले जनाएको छ । उनीहरुबाट लोड भएका कटुवा पेस्तोल र मोटरसाइकल बरामद भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार