कांग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन : झलनाथ खनाल

२०८१ असार २१, शुक्रबार

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई दलाल पुँजीवादको संज्ञा दिए।

नेता खनालले नेपाली कांग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै कांग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गरे।उनले अहिले नेकपा एमाले भित्र भूकम्प गएको धारणा राखे।नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्न सक्ने शक्ति कुनै नरहेको जिकिर गरे। नेता खनालले नेपालको कम्युनिस्ट आन्दोलनमा अब नयाँ पुनः गठनको प्रक्रिया सुरुवात हुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार