काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित भ्याकुरे खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार साँझ ७ बजेको समयमा उक्त खोला तर्ने क्रममा सोही ठाउँका ६५ वर्षीय जालमाया रुवाल मगर र अन्दाजी वर्षकी सोतिमाया रुजाल मगरको मृत्यु भएको हो। उनीहरूको शव ९ सय मिट तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।





