लेखनाथ : पोखरा महानगरपालिका–१८ ग्यारजातीमा आफैँले चढेको बसले किच्दा यात्रुको मृत्यु भएको छ ।
ग १ ख ४१५६ नम्बरको बसबाट ओर्लिएर पैदल हिँड्न लागेका पोखरा–१८ का बासिन्दा ७२ वर्षीया ललिता थापालाई बसले किचेको थियो । शनिबार दिउँसो ४ बजे बिन्दबासिनीचोकबाट सराङकोटतर्फ जाँदैगरेको बसले थापालाई च्यापी गम्भीर घाइते बनाएको कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।
उपचारका लागि तत्काल मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।





