लुम्बिनी सरकारबाट बाहिरियो जसपा

२०८१ असार २६, बुधबार

बुटवल : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।

बुधबार जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कृषिमन्त्री रहेका भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री जोखबहादुर महरालाई भेटेर अहिरले राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । महरा नेतृत्वको सरकार एमाले बाहिरिएसँगै अल्पमतमा परेको छ ।

काँग्रेससँग भएको सहमति अनुसार लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार