भारतमा मोटरसाइकल दुर्घटना हुँदा ३ नेपालीको मृत्यु

२०८१ असार २७, बिहीबार

काठमाडौं : बाँकेको सीमा नजिक भारतीय भूमिमा मोटरसाइकल दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ।

रा ४ प ७६५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बाँकेको राप्ती सोनारी गाउँपालिका- १ का बनुवा नाका निवासी ५१ वर्षीय गोबर्धन घर्ती, ३३ वर्षीय लालबहादु बेसोउटी र २८ वर्षीया कल्पना श्रेष्ठको मृत्यु भएको हो।  बाँकेको नरैनापुरसँग सिमाना जोडिएको भारतको श्रीवस्ती जिल्लास्थित बघौडा तालदेखि पाँच किलोमिटर पूर्व राजपुर भन्ने ठाउँमा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल दुर्घटनामा परेको राप्ती सोनारी गाउँपालिकाका प्रवक्ता मिनराज खड्काले जानकारी दिए।

‘दुर्घटनामा गम्भीर घाइते तीनै जनाको उपचारका क्रममा भारतीय अस्पतालमै मृत्यु भएको हो,’ खड्काले भने,। दुर्घटनाको विषयमा भारतीय प्रहरीले बाँके प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले बताए। ‘दुर्घटनामा नेपालीको मृत्यु भएको जानकारी हामीले पाएका छौँ। तर, विस्तृत विवरण आइसकेको छैन,’ डाँगीले भने।

गाउँपालिका प्रवक्ता खड्काले भने उनीसँग घरायसी सामान किन्न भारतीय बजारमा गएको बेला दुर्घटनामा परेको पुष्टि गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार