नारायणी नदीमा जलसतह बढ्याे

२०८१ असार २७, बिहीबार

काठमाडौं : वर्षाका कारण देशभरका नदीहरुमा जलसतह बढेको छ । चितवनको नारायणी, राप्ती, मकवानपुरको बकैया नदी लगायतको जलसतह बढेको हो । देशभरकै खोला, नदीमा बाढीले क्षति पु¥याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै अविरल वर्षाका कारण उपत्यकाका खोला नदीमा जलसतह बढेपछि सुरक्षा निकाय उच्च सतर्कतामा रहेका छन् । वर्षाका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार