एमालेका केही मन्त्रीको नाम हेरफेर, रातिसम्म मन्त्रीमा नाम बिहान हट्यो

२०८१ असार ३१, सोमबार

काठमाडौं : अन्तिम समयमा नेकपा एमालेका मन्त्रीहरूको नाम हेरफेर गरेको छ ।

आइतबार राति टुंगिएका नाम मध्ये योगेश भट्टराई, छविलाल विश्वकर्मा र कृष्णगोपाल श्रेष्ठको नाम हटाइएको हो । उनीहरूको ठाउँमा देवेन्द्र दाहाल, बलराम अधिकारी र मानवीर राईलाई मन्त्री बनाउने टुंगो लागेको छ । एमालेका एक नेताका अनुसार विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्नेछन् भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने तय भएको छ ।

त्यस्तै देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायामन्त्री, दामोदर भण्डारी उद्योगमन्त्री र विद्या भट्टराई शिक्षामन्त्री बन्दैछन् । त्यसैगरी बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री बन्दैछन् । यस्तै एमालेबाट राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार