न्युरोडको फुटपाथ विस्तार मंसिर २ गतेपछि मात्र हुने

२०८१ श्रावण ७, सोमबार

काठमाडौँ : न्युरोडको फुटपाथ विस्तारको अध्ययन गर्न काठमाडौँ महानगरपालिकाले एक अध्ययन समिति बनाउने भएको छ।

सोमबार काठमाडौँ वडा नम्बर २२ र २३ का वडाध्यक्ष र महानगरबिच भएको छलफलमा फुटपाथ विस्तारको लागि अध्ययन समिति बनाउने निर्णय भएको हो। सो समितिले मंसिर २ गतेसम्म अध्ययन गरी प्रतिवेदन बुझाउनुपर्ने छ भने सोही प्रतिवेदन अनुसार फुटपाथ विस्तारको कुरा अगाडि बढाइने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

उनले भने, ‘न्युरोडको फुटपाथ विस्तारको अध्ययन गर्न समिति बनाउने निर्णय भएको छ। सो समितिले विज्ञसँग छलफल गरी मंसिर २ गतेसम्म प्रतिवेदन बुझाउनुपर्ने भन्ने छ। त्यसपछि फुटपाथ विस्तारको कुरा अगाडि बढ्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
4
+1
2
+1
1
+1
0

ताजा समाचार