६ जना वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस

२०८१ श्रावण ८, मंगलवार

काठमाडाैं : नेपाल प्रहरीको प्राविधिकतर्फको सहायक निरीक्षक पदमा ६ जनाको बढुवा सिफारिस भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको सोमबार बसेको बैठकले प्राविधिक समूहका ६ जना वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस हुनेहरूमा सञ्जीव श्रेष्ठ, गौतमराज गुरुङ, पदम बहादुर पुन, श्याम सुन्दर कुर्मी, दिनेश खड्का र दिपक चौलागाईं रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार