
राैतहट : प्रहरीले नक्कली नोटसहित बिहीबार राति पक्राउ परेका दुई जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का नजरे आलम र इमामुल हक दर्जी छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको टोलीले नेपाली एक हजारको १३ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक एलिजा गिरीले नक्कली नोट कहाँबाट ल्याएको भन्ने बारेमा अनुसन्धान भइरहेको बताइन् । ‘अन्य समुहको संकलग्नता बारे पनि अनुसन्धान भइरहेको छ,’ उनले भनिन् ।