नालीमा खसेर आमा-छोरीकै मृत्यु

२०८१ श्रावण १७, बिहीबार

काठमाडौँ : भारतको राजधानी दिल्लीमा बुधबार राति भारी वर्षाका कारण भेलमा परी आमा–छोरीको मृत्यु भएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार बुधबार राति दिल्लीमा भारी वर्षापछि आएको भेलका कारण नालीमा खस्दा आमा–छोरीको मृत्यु भएको हो। एएपी विधायक कुलदीप कुमारले सामाजिक सञ्जालमा उक्त घटनाको जानकारी दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज (बुधबार राति) दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले निर्माण गरिरहेको नालामा कुनै किसिमको ब्यारिकेडिङ नहुँदा त्यसमा खसेर एक महिला र उनको साढे दुई वर्षकी छोरीको मृत्यु भएको छ।’ समाचार एजेन्सी एएनआईका अनुसार, दिल्लीको दर्यागन्ज क्षेत्रमा वर्षाका कारण एक निजी विद्यालयको पर्खाल पनि भत्किएको छ।

दिल्लीमा भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै विद्यालयहरू बन्द राख्न आदेश दिइएको छ। दिल्ली सरकारका मन्त्री आतिशीले सामाजिक सञ्जालमा लेखेका छन्,ण् ‘दिल्लीमा बुधबार साँझदेखि परेको भारी वर्षा र बिहीबार पनि भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै दिल्लीका सबै सरकारी र निजी विद्यालयहरू १ अगस्टमा (आज) बन्द रहनेछन्।’

भारी वर्षाका कारण दिल्लीका धेरै ठाउँ जलमग्न देखिएका छन्।  एएनआईले सार्वजनिक गरेको भिडिओमा पर्खाल गाडीमाथि  खसेको देख्न सकिन्छ। यसअघि दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको एक कोचिङ इन्स्टिच्युटको बेसमेन्टमा पानी जमेर सिभिल सेवाको तयारी गरिरहेका तीन विद्यार्थीको मृत्यु भएको थियो।

यसै विषयमा विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार