लेनदेन विवादमा छुरा प्रहार, एकजना पक्राउ

२०८१ श्रावण २५, शुक्रबार

काठमाडौँ : काठमाडौँको चाबहिलमा लेनदेनको विवादमा एकजनामाथि छुरा प्रहार भएको छ ।

छुरा प्रहारबाट कालिकोट घर भएका मिनराज शाही घाइते भएका छन् । साउन २३ मा चाबहिलस्थित सडकमा छुरा प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । छुरा प्रहारमा संलग्न आरोपमा जोरपाटी बस्ने सुजन शाक्यलाई प्रहरीले पक्राउ गरेको छ । मुख्य आरोपी फरार छन् ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका शाहीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार