काठमाडौं : राजधानीको माइतीघरमा रहेको राष्ट्रिय झण्डा राखिएको पोलमा चढेर एक महिला हाम फाल्ने प्रयास गरेकी छन् ।
३५ दिनदेखि माइतीघरमा धर्ना दिइरहेकी ती महिला आज (शनिबार) पोलमा चढेर हामफाल्ने कोशिस गरेकी हुन् । दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी हुन् । जुम्ला घर भएकी सहारा शाहीले पोलबाट हामफाल्ने प्रयास गरेकी हुन् ।
धर्नामा बसेकी शाही आज हामफालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन् । तत्काल उनलाई प्रहरीले उद्धार गरेको छ ।





