कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

२०८१ श्रावण २९, मंगलवार

काठमाडौँ : प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी रहेको हो ।

बैठकमा बुधबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथि समितिको प्रतिवेदनसहित सभामा छलफल गर्ने प्रक्रियाका सम्बन्धमा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धमा छलफल भइरहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार