काठमाडौँ : राष्ट्रिय सभा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताएका छन्। बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै उनले देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताए। उनले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताए।
सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई उनले आग्रह गरे। उनले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरु सबैको उद्देश्य दजनताको सेवा गर्ने हुनुपर्ने बताए। विपद्मा परेकाहरुको उचित व्यवस्था गर्न पनि सरकारसँग उनले आग्रह गरे।
उनले भने, ‘हामी धङधङीमा छौँ। सरकार गयो, किन गयो, कसका कारणले गयो। म विनम्रताकासाथ अनुरोध गर्न चाहन्छु। त्यसको कारक कांग्रेस नै हो। कि हामी पनि हौँ। यो देश रहरमा चल्छ रु आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरु जो जहाँ भएपनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र रु हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने। बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने। आज देशमा विपत्ति छ, बाढी, पहिरो छ। ति जनताको व्यवस्था, अवस्था, बस्ने बसाई, खानेकुरामा यो सरकारको ध्यान जाओस्।’





