परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदै , मोदीसँग पनि भेट्ने

२०८१ श्रावण ३२, शुक्रबार

काठमाडौँ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमण तय भएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, आगामी आइतबार (भदौ २) बिहान साढे ११ बजे परराष्ट्रमन्त्री राणा भारत जाने कार्यक्रम तय भएको हो।

उनी चार दिने भ्रमणका लागि भारत जान लागेकी हुन्। भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री राणाले मंगलबार समकक्षी एस. जयशंकरसँग भेटवार्ता गर्नेछिन्। उनको यो भेट नयाँदिल्लीमा हुनेगरी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। स्रोतका अनुसार, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि परराष्ट्रमन्त्री राणाको भेटघाट गराउने तयारी भएको छ। यद्यपि, अहिलेसम्म मोदीसँगको भेटबारे कुनै औपचारिक कार्यक्रम भने तय भइसकेको छैन।

मन्त्रिपरिषद्को बिहीबार बैठकले परराष्ट्रमन्त्रीको भ्रमण स्वीकृत गरिसकेको छ। आइतबार भारत प्रस्थान गरेर परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्कनेछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार