२०८४ मा बहुमत ल्याउने गरी तयारी गर्न ओलीको निर्देशन

२०८१ भाद्र ३, सोमबार

काठमाडाैं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा बहुमत ल्याउने तयारी गर्न निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालयमा सोमबार एमाले बागमती नेतृत्वलाई ओलीले २०८४ मा एकल बहुमत ल्याउने गरी तयारी गर्न निर्देशन दिएका नेता गोकुल बाँस्कोटाले जानकारी दिए । ‘पार्टी संगठन सुदृढीकरणको विषयमा बागमती पार्टी नेतृत्वलाई बोलाइएको थियो,’ बाँस्कोटाले भने, ‘पार्टी कमिटीलाई व्यवस्थित बनाएर संगठन सुदृढीकरण गर्न र २०८४ मा बहुमत ल्याउने गरी तयारी गर्न निर्देशन दिनुभएको हो ।’

एमालेले २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने तयारी गर्दै आन्तरिक संगठनको कामलाई अगाडि बढाउने बताउँदै आएको छ । एमालेले नेताहरूको कार्यविभाजन पनि २०८४ को चुनावलाई केन्द्रित गर्दै जिम्मेवारी तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार