पढाउनुपर्ने शिक्षक किताबको सिरानी बनाई कक्षामै सुते

२०८१ भाद्र ५, बुधबार

सप्तरी : सप्तरीको विष्णुपुर गाउँपालिकाका शिक्षा समिति सदस्य तथा वडा नं. १ का अध्यक्ष बलराम यादव र शिक्षा संयोजक रामेन्द्रनाथ यादवसहितको विद्यालय अनुगमन टोलीले एक विद्यालयको कक्षाकोठामा किताब सिरानी बनाई सुतिरहेको अवस्थामा शिक्षक फेला पारेको छ ।

विद्यालय अनुगमन टोलीले  ११ः३० बजेको समयमा विष्णुपुर गापा अन्तर्गत जनता आधारभूत विद्यालय सिम्राहा सिगियोनमा अनुगमन गर्दा शिक्षक लालबहादुर यादव र कार्यालय सहयोगी रघुनाथ यादवले कक्षाकोठामै विद्यार्थी पढ्ने र शिक्षक पढाउने किताब सिरानी बनाई सुतिरहेको फेला पारेको शिक्षा समिति सदस्य तथा वडा नं १ का वडाध्यक्ष बलराम यादवले सञ्चारकर्मीलाई जानकारी दिए ।

“एकातिर शिक्षकको व्यवहार यस्तो छ तर गुणस्तरीय शिक्षाको कुरा गर्दा विभिन्न बहानाबाजी गरिनुका साथै केही राजनीतिक व्यक्तिका आडमा विभिन्न बहाना गरी आन्दोलनमा उत्रिनेसम्मको कार्य हुन्छ,” वडाध्यक्ष यादव भन्छन् ।

यस्तै विद्यालय अनुगमन टोलीले जनता मावि खुरहुरियामा अनुगमन गर्दा केही शिक्षकशिक्षिका अनुपस्थित रहेको पाइयो भने आधारभूत विधालय मुसहर्नियामा पनि शिक्षक, शिक्षिका अनुपस्थित रहेको भेटिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार