काठमाडौं : संयोग पनि कस्तो, अभिनेता विपिन कार्कीको बिहीबार जन्मदिन, बिहीबारै उनले आमालाई दागबत्ती दिनुपर्यो । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि दीर्घरोगबाट थलिएकी उनको उपचारका क्रममा बिहीबार बिहान ६ बजे ललितपुरको पाटन अस्पतालमा निधन भयो । कार्कीको आजै बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।






