काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले घटेर १ लाख ५२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय ५० रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १८ सय ४० रूपैयाँ कायम भएको छ ।