गोदावरी खोलामा एक पुरुषको शव भेटियो

२०८१ भाद्र १९, बुधबार

काठमाडौं : ललितपुरको गोदावरी खोलामा एक पुरुषको शव भेटिएको छ ।

महालक्ष्मी नगरपालिका–८ लुभुस्थित गोदावरी खोलामा पुरुषको शव भेटिएको हो । ती पुरुषको शव सनाखत हुन बाँकी नै रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार