काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओली र हिमालयन टाइगर उपमा पाएका रेस्लर भरतबहादुर बिसुरालबीच भेट भएको छ ।
उनीसँग बिहीवार भेट भएको ओलीले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । बिसुरालसँग ‘रेस्लिङ मूड’मै भेट भएको नेकपा (एमाले)का अध्यक्षसमेत रहेका ओलीको भनाइ छ । ‘रेस्लर भरतबहादुर बिसुराललाई हामी हिमालयन टाइगर पनि भन्छौं । उहाँसँग बिहीवार भेट भयो । भेटघाट पनि रेस्लिङ मूडमै थियो,’ उनले फेसबूकमा लेखेका छन् ।