मोटरसाइकल र साइकल ठोक्किंदा साइकल यात्रीको मृत्यु

२०८१ भाद्र २२, शनिबार

काठमाडौं : मोटरसाइकल दुर्घटना र साइकल ठोक्किंदा नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राति नवलपरासीको बर्दघाट नगरपालिका-१३ जमुनियास्थित नारायणचोकतर्फ जाँदै गरेको लु४प ७६९१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोक्किएका थिए । दुवै चालकहरु घाइते भई उपचारको लागि मेडिकल कलेज भैरहवा रुपन्देही पठाइएकोमा साइकल यात्रीको आज बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका-१ नारायणचोकका ४७ वर्षीय सुरेश चौधरी रहेका छन् । उनको शव मीम अस्पताल भैरहवामा राखिएको छ । मोटरसाइकल चालक नवलपरासीको प्रतापपुर गाउँपालिका -२ गोपीगंजका १७ वर्षर्षीय किशोर घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार