विश्वकप २०२६ छनोट : ब्राजिलसँग इक्वेडर पराजित

२०८१ भाद्र २२, शनिबार

काठमाडौं : विश्वकप २०२६ को छनोट अन्तरगत ब्राजिलले इक्वेडरलाई पराजित गरेको छ ।

शनिबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरलाई १-० ले पराजित गरेको हो । ब्राजिलको जितमा एक मात्र गोल रेड्रीगोले गरे । उनले खेलको ३० औं मिनेटमा गोल गरेका हुन । उनको गोल नै ब्राजिलको जितको गोल बन्यो ।

विश्वकप छनोटको दक्षिण अमेरिकी पोलमा सात खेल खेलेको ब्राजिल चौथो स्थानमा छ । उक्त पोलमा अर्जेन्टिना पहिलो स्थानमा छ भने उरुग्वे र कोलम्बिया दोश्रो र तेश्रो स्थानमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार