दसैँको अग्रिम टिकट बुकिङ सुरू

२०८१ भाद्र २६, बुधबार

काठमाडौं : नेपाली चाड दसैँका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुलाउन थालेका छन् । एक महिनापछि असोज २४ गते फूलपाती छ । विगतमा यातायात व्यवस्था विभागले अग्रिम टिकट खुलाउने निर्णय गरेपछि मात्र व्यवसायी तात्ने गरेको थिए ।

पूर्व अरनिको यातायात प्रालिको भदौ १५ गते सञ्चालक समिति वैठकले भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो । विजया दशमी मनाउन जाने यात्रुहरूलाई सहज होस् भनेर यही भदौ २० गतेबाट अग्रिम टिकट बुकिङ्ग गर्ने निर्णय भएको अरनिको यातायातले निकालेको सूचनामा उल्लेख छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले चाडपर्वको लागि अग्रिम टिकट बुकिङका लागि तयारी सुरू भइनसकेको बताएका छन् । यातायात कम्पनीले अग्रिम टिकट बुकिङ सुरू गरियसकेको विषयमा उनले गाडी सबै निजी कम्पनीको भएकाले उनीहरूले अग्रिम टिकट बुकिङ खोल्नु राम्रो भएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार