जनयुद्धको बदनाम गरिँदैछ, प्रतिकार गरौं : उपाध्यक्ष सापकोटा

२०८१ भाद्र २९, शनिबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले जनयुद्धको बदनाम गर्न एमाले नेताहरू लागेको भन्दै त्यसको प्रतिकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन्। शनिबार आयोजित पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सापकोटाले यस्तो बताएका हुन्।

‘जनयुद्धलाई अपमान गदैछन्। त्यसकाविरुद्ध आँधीबेहेरी सिर्जना गर्ने गरी तपाईंको हातमा कलम छ भने कलम चलाउनुस, कम्प्युटर, मोबाइल जे छ त्यसबाट प्रतिकार गर्नुस्,’ सापकोटाले कार्यकर्तालाई भने।

अहिले जनयुद्धको विरोध गर्नेहरू जनयुद्ध नभएको भए जेलको चिसो खाइरहेको अवस्थामा हुने पनि दाबी गरे। उनले भने, ‘जनयुद्धको बलमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री भएका छन्। तर जनयुद्धको विरोध गर्छन्। जनयुद्ध नभएको भए आज पनि तिनीहरू जेलको चिसो छिँडीमा हुने थिए।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0

ताजा समाचार