हिमालयन एभरेष्ट इन्स्योरेन्सको सिईओमा अन्जु श्रेष्ठ नियुक्त

२०८१ भाद्र ३०, आईतवार

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र सोही कम्पनीकी नायव प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठबीच सीईओ पदका लागि करार सम्झौता गरिएको हो ।

कम्पनी सचिव ध्रुव प्रसाद न्यौपानेका अनुसार अञ्जुलाई असोज १८ गतेदेखि ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदको लागि करार सम्झौता गरिएको छ । गत असार १३ गते सीईओ विजयबहादुर शाहलाई सञ्चालक समितिको बैठकले पदमुक्त गरेको थियो। त्यसपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार