
न्युयोर्क : संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन आएका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उक्त अवसरमा दुई जनाबीचमा राष्ट्र संघको शान्ति मिसन, जलवायु परितर्वन र संक्रमणकालीन न्यायसम्म छलफल गरेका छन् ।
महासचिव गुटेरेसद्वारा शान्ति मिसनमा नेपालले पुर्याएको योगदानलाई लिएर कदर गरेका छन् । नेपाल अहिले यूएन शान्ति मिसनमा सैनिक पठाउने मुलुकको एक नम्बर सूचीमा रहेको छ । साथै, उक्त अवसरमा महासचिव गुटेरेसले नेपालले कम विकसित मुलुकहरूको अध्यक्षका रूपमा खेलेको भूमिकालाई लिएर समेत प्रशंसा गरे ।
भेटका अवसरमा दुई जनाबीचमा जलवायु परिवर्तन र त्यसमा पनि महासचिव गुटेरेसद्वारा शान्ति मिसनमा नेपालले पुर्याएको योगदानलाई लिएर कदर महासचिव गुटेरेसद्वारा शान्ति मिसनमा नेपालले पुर्याएको योगदानलाई लिएर कदर र त्यसमा पनि हिमालय क्षेत्रको एजेन्डाको बारेमा कुराकानी भएको थियो । महासचिव र प्रधानमन्त्री ओलीले नेपालको संक्रमणकालीन न्यायको विषयमा पनि कुराकानी गरेको संयुक्त राष्ट्र संघले जनाएको छ ।