रामेछापमा बोलेरो दुर्घटना : १ जनाको मृत्यु, २ गम्भीर

२०८१ आश्विन ६, आईतवार

काठमाडौं : रामेछापको सुनारपानीमा बोलेरो गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो सुनारपानीमा दुर्घटना हुँदा ६० वर्षीया पदममाया नेपालीको घटनास्थलमा नै मृत्यु भएको हो। उनी वडाको दलित महिला सदस्यसमेत हुन्। बोलेरोमा सवार यात्रुमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ।

दुर्घटनामा सिता नेपाली, सुजिता रसाईली, दिलिपकुमार वरुवाल, गुन कुमार थापामगर, ५ महिनाकी रोनिसा नेपाली घाइते भएका हुन्। चालक थापा मगर र बरुवालको अबस्था गम्भीर रहेको छ। घाइतेको पनि उद्धार गरेर मन्थली अस्पतालमा पठाइएको छ। बोलेरो सडकबाट झण्डै २०० मिटर तल खसेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार