तत्काल पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर

२०८१ आश्विन ६, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेता/कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय चःमतीमा जम्मा हुन सर्कुलर जारी गरेको छ।

बागमती प्रदेश कमिटीका सभापति डा. अच्युतम लामिछानेले मोबाइलमा सन्देश पठाउँदै उपत्यकामा भएका नेता कार्यकर्तालाई भेला हुन सर्कुलर जारी गरेको स्रोतले जनाएको छ। ‘अहिले उपत्यकामा भएका नेता कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाइएको छ,’ रास्वपाका एक नेताले भने, ‘सर्कुलर नै जारी भएको छ।’

आइतबार गृहमन्त्री रमेश लेखकले संसदीय छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएलगत्तै सभापति रवि लामिछाने पनि पक्राउ पर्नसक्ने आशंकासहित रास्वपा छलफलमा जुट्न लागेको हो। अहिले पार्टी कार्यालयमा लामिछानेसहितका नेताहरु छन् भने ठूलो संख्यामा प्रहरी पनि पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार