भाग्ने तयारीमा थिए पूर्वडीआईजी जोशी

२०८१ आश्विन ६, आईतवार

काठमाडौँ : गृहमन्त्री रमेश लेखकले सहकारी ठगीका आरोपितमाथि कारबाही अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ।

प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि मात्रै सहकारी छानबिन समितिले कारबाही गर्न भनेका व्यक्तिलाई नियन्त्रणमा लिने तयारी गरेको भए पनि छविलाल जोशी भने भाग्न लागेको सूचना पाएपछि तत्काल पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दियो।

‘छविलाल जोशीलाई पनि अदालतबाट पक्राउ पुर्जी जारी गरेपछि मात्रै पक्राउ गर्ने भन्ने हाम्रो तयारी थियो। तर उनी भाग्न लागेको सूचनापछि तत्काल पक्राउ गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार