रौतहटमा पोखरीमा डुबेर महिलाको मृत्यु

२०८१ आश्विन ७, सोमबार

रौतहट: रौतहटको राजदेवी नगरपालिकामा पोखरीमा डुब्दा एक महिलाको मृत्यु भएको छ ।

राजदेवी नगरपालिकाको वडा नं. ८ लक्ष्मीपुरमा रहेको पोखरीमा सोमबार नुहाउने क्रममा डुबेर एक ४५ वर्षीया गिरीजा देवीको मृत्यु भएको छ ।

जितिया पर्व सुरु गर्नुअघि पोखरी, जलाशय, नदीमा महिला व्रतालुहरुको नुहाउने चलन अनुसार गाँउमा रहेको पोखरीमा नुहाउन गएकी प्रमोद साह कानुको श्रीमती गिरीजा देवीको आज विहान ११ बजेको समयमा डुबेर मृत्यु भएको हो।

पोखरीमा महिला डुबेको खबर पाउना साथ सशस्त्र प्रहरीको विओपी बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट खटिएका सुरक्षाकर्मीहरुको टोलीले महिलाको उद्धार गरेको थियो । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारको लागी प्रादेशिक अस्पताल गौर पठाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार