अविरल वर्षाका कारण नदीको सतह बढ्दो, सतर्कता अपनाउन महानगरको आग्रह

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरपालिकाले अविरल वर्षाका बीच आवश्यक सतर्कता अपनाउन र विपद् सामनाका लागि पूर्वतयारी गर्न आग्रह गरेको छ ।

उपत्यकामा बिहीबार रातिदेखि लगातार भइरहेको वर्षा र वर्षाका कारण हुन सक्ने सम्भावित विपद्बाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

महानगरपालिकाले शुक्रबार दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘नियमित झरी र समय समयमा भारी वर्षा भई रहेकोले काठमाडौंका नदीहरूमा पानीको प्रवाह उच्च भएको छ । यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको छ ।’ सार्वजनिक सूचनामा नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजानसमेत सचेत गराएको छ । ‘नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔँ । पानी जम्मा भएको सडकमा प्रवेश नगरौँ,’ सूचनामा भनिएको छ, ‘सवारी प्रवेश नगराऔँ, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ नगरौँ, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौँ ।’

महानगरपालिकाले जलजन्य विपद् (डुबान, कटान, बाढी, पहिरो) को जोखिम भए तत्काल सम्पर्क गर्न पनि भनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार