टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कांग्रेस नेताको मृत्यु

२०८१ आश्विन ११, शुक्रबार

सर्लाही : सर्लाहीमा टिपरले ठक्कर दिँदा एकजना कांग्रेस नेताको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन- ११ मा शुक्रबार दिउँसो प्रदेश २-०३-००१ क ११३७ नम्बरको टिफरले ठक्कर दिँदा हरिवन नगरपालिका -७ घुर्कौली घर भएका करिब ४५ वर्षीय दीपक अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। अधिकारी प्रदेश ०२-०३७ प ४४०१ मोटरसाइकलमा सवार थिए। अघिकारी सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा घटना भएको हो।

अधिकारी नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रिय सचिव हुन्। उनको निधनप्रति नेपाली कांग्रेस सर्लाहीका सचिव निरज अधिकारीले दुःख व्यक्त गरेका छन्। गम्भीर घाइते भएका अधिकारीलाई प्रहरीले तुरुन्तै नजिकै रहेको नमूना अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनापछि टिपरसहित त्यसका चालक सर्लाहीकै बागमती नगरपालिका ४ घर भएका २९ टेकबहादुर थिङलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार