रामकुमारी झाँक्री र प्रेम आले फकाउँदै माधव नेपाल

२०८१ आश्विन ११, शुक्रबार

काठमाडौँ : दसौँ राष्ट्रिय महाधिवेशनपछि सुरु भएको नेकपा (एकीकृत समाजवादी)भित्रको आन्तरिक किचलो कहाँ पुगेर टुङ्गिन्छ भन्ने अन्योल कायमै छ ।

असन्तुष्ट नेता कार्यकर्ताहरूलाई फकाउन र पार्टीमै व्यवस्थापन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायतका नेताहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संवाद जारी राखेका छन् ।

सोही क्रममा अध्यक्ष नेपालले एमालेसँग विद्रोह गरेर नयाँ पार्टी गठनमा साथ दिए पनि पछिल्लो समय चर्को असन्तुष्टि जनाउँदै पार्टी काममा निष्क्रिय बनेकी रामकुमारी झाँक्रीलाई शुक्रबार पार्टी कार्यालयमै बोलाएर छलफल गरेका छन् । झाँक्रीपछि  नेपालले नेताहरू हरि पराजुली, उर्वादत्त पन्त र आलोक रायमाझीसँग पनि छलफल गरेको पार्टी कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिए ।

नेता नेपालले नेताहरू प्रेम आले र धनबहादुर बुढा, किसान श्रेष्ठलगायतसँग पनि छलफल गर्ने तयारी गरेका छन् । त्यसका लागि नेपालले आफू निकटमार्फत उनीहरूलाई पहिला सम्झाउने र त्यसपछि आफूले भेटेर संवाद गर्ने रणनीति बनाएको उनी निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार पार्टी छोड्न लागेका नेताहरूलाई पार्टीमा अड्याउन सके उनीहरूलाई महत्त्वपूर्ण जिम्मेवारी दिन समेत अध्यक्ष नेपाल तयार छन् ।

सरकारले अध्यादेश ल्याएर दसैँ आसपासमा असन्तुष्ट नेताहरूलाई बहिर्गमनका मार्ग प्रशस्त गर्न सक्ने सूचना अध्यक्ष नेपालले पाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार