गोरखा : गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ।
शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसिबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस अहिलेसम्म पनि सम्पर्कमा नआएको बताइएको छ। गोरखा दरौदी यातायात प्रालिका अध्यक्ष नारायण खत्रीका अनुसार राति १० बजेसम्म खानिखोलासम्म सम्पर्कमा रहे पनि त्यसपछि कोही कसैसँग सम्पर्क भएको छैन ।
उक्त बसमा कति यात्रु थिए भन्नेबारे पनि यकिन भएको छैन।





