रुपन्देहीमा बाढीमा बेपत्ता दूध बोक्ने गाडीका चालक र सहचालकको शव फेला

२०८१ आश्विन १४, सोमबार

बुटवल : बाढीमा परि शनिवारदेखि हराइरहेका दूध बोक्ने गाडीका चालक र सहचालकको शव आज फेला परेको छ । दूध बोकेर रुपन्देहीको मर्चावरदेखि भैरहवातर्फ आउँदै गरेको भे १ च २६७६ नम्बरको जिपसँगै जिपका चालक र सहचालक बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रंजितसिंह राठोरले जिपका चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव रुपन्देहीको घाघरा खोलमा फेला परेको बताए । शनिवार बाढीमा परेको उक्त जिपलाई रुपन्देहीको विपद् व्यवस्थापन टोलीले आइतबार क्रेनको सहायताले निकालेको थियो । जिपभन्दा करिब १ सय मिटर तल चालक र सहचालकको शव फेला परेको हो ।

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दूध सङ्कलन केन्द्रबाट सो गाडी दूध लिएर शनिवार बिहान ५ बजे भैरहवा आउँदै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार