दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीले पत्रकार सम्मेलन गर्ने

२०८१ आश्विन १५, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पत्रकार सम्मेलन गर्दैछन्। मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीको पत्रकार सम्मेलन तय भएको ओलीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली १० दिन लामो अमेरिका भ्रमण सकेर सोमबार साँझ काठमाडौँ आइपुगेका हुन्।  काठमाडौँ आउनासाथ सोमबार साँझ मन्त्रिपरिषद् बैठक गरेका प्रधानमन्त्रीले आज पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार