पूर्वराजा शाह भुटान भ्रमण सकेर स्वदेश फिर्ता

२०८१ आश्विन २०, आईतवार

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह चार दिने भुटान भ्रमण सकेर स्वदेश फर्केएका छन्।

भुटानी राजपरिवारको निमन्त्रणामा गत बिहीवार भुटान पुगेका पूर्वराजा शाह आज बिहान नेपाल फकिर्एका हुन्। पूर्व राजा शाहसँगै उनकी छोरी प्रेरणा, भतिजी सितास्मासहित निजी सचिवालयका सहयोगीहरू समेत भुटान गएका थिए।

भ्रमण सकेर नेपाल फर्कने क्रममा शाहलाई भुटानका नरेश जिग्मे केशर वाङचुकले शाही अतिथि गृह थिम्पुमा बिदाइ गरेका थिए। भुटानी राजाको निमन्त्रणमा पूर्वराजा शाह भुटान गएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार