कञ्चनपुरमा ८ लाखको अवैध कपडा बरामद

२०८१ आश्विन २०, आईतवार

धनगढी : कञ्चनपुरमा भारतबाट अवैध रुपमा ल्याइएको अवैध कपडा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डोकेबजारका सशस्त्र प्रहरी निरीक्षक विष्णुप्रसाद अर्याल नेतृत्वको टोलीले भारतबाट अवैध रुपमा ल्याएको आठ लाख ६ हजार बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीकाअनुसार पुनर्वास नगरपालिका–११ नमूना ईटा भट्टा नजिकैबाट बेवारिसे अवस्थामा रहेको लेडिज कपडा बरामद गरिएको हो ।

बरामद गरिएको कपडा आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार