पाकिस्तानका लागि नेपाली राजदूतमा रीता धिताल नियुक्त

२०८१ आश्विन २३, बुधबार

काठमाडौं : पाकिस्तानका लागि नेपाली राजदूतमा परराष्ट्र सहसचिव रीता धिताल नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा धिताललाई इस्लामिक गणतन्त्र पाकिस्तानका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ ।

यहि असोज १६ गते धिताललाई संसदीय समितिबाट सर्वसम्मत अनुमोदन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार