काठमाडौं : सात दिनमा ५ लाख ६ हजार ५२५ जनाले काठमाडौं उपत्यका छाडेका छन्। घटनास्थापना (असोज १७) देखि बुधबार ( २३) सम्म दसैं मनाउन गाउँ फर्किएका हुन्। सोही अवधिमा २ लाख ९० हजार ४३८ जना उपत्यका भित्रिएका छन्।
सोही अवधिमा ७६ हजार ४३९ सवारीसाधन बाहिरिएका छन् भने ५८ हजार ११ सवारीसाधन भित्रिएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। दुई दिन अघिदेखि भने बाहिरिने संख्या बढिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी रविन कार्कीले जानकारी दिए।
उनका अनुसार सोमबार (२१ गते) १ लाख १८ हजारले छाडेका थिए। मंगलबार ८१ हजारले उपत्यका छोडेका छन्। अघिल्ला दिनका तुलनामा सोमबारदेखि बाहिरिने सवारी साधनको चाप बढेको छ।





