जग्गा विवादमा भाइको हत्या आरोपमा दाजु पक्राउ

२०८१ आश्विन ३०, बुधबार

दाङ : दाङमा जग्गासम्बन्धी विवादमा आफ्नै भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका घर भई हाल दाङको हापुरेमा होटल चलाएर बसेका २८ वर्षीय अनिल तामाङको हत्या आरोपमा उनकै दाजुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा अनिलका सहोदर दाजु ३२ वर्षीय पूर्ण तामाङ छन् ।

जग्गासम्बन्धी विवादमा पूर्णले भाइलाई चक्कु प्रहार गरेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार