भवनमा आगलागी हुँदा चार जनाको मृत्यु

२०८१ कार्तिक १०, शनिबार

काठमाडौँ : भारतको हरियाणा राज्यस्थित गुरुग्राममा एक भवनमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमा अनुसार स्थानीय सरस्वती इन्क्लेभको जी ब्लकमा एक घरमा आगलागी हुँदा त्यहाँ बस्ने चार जना जिउँदै जलेका हुन्। उनीहरू सबै एक गार्मेन्टमा काम गर्थे। जिउँदै जलेकाहरूको उमेर १८ वर्षदेखि २८ वर्षसम्म छ। सबै जना मूल रूपमा बिहारका हुन्।

मृत्यु भएकामध्ये एक जना विवाहित थिए। उनका श्रीमती र छोराछोरी भने दीपावली मनाउन घर गएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार