रवि पक्राउ विरुद्ध रास्वपाको मौन प्रदर्शन

२०८१ कार्तिक १०, शनिबार

काठमाडौं : सहकारी ठगी आरोपमा पक्राउ परेका सभापति रवि लामिछानेको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं केन्द्रित विरोध प्रदर्शन जारी राखेको छ।

शनिबार काठमाडौंको कीर्तिपुर क्षेत्रमा रास्वपाका नेता तथा कार्यकर्ताले मौन जुलुस प्रदर्शन गरे। रास्वपाले यस प्रदर्शनलाई “राजनीतिक प्रतिशोधविरुद्धको शान्तिपूर्ण आवाज” बताएको छ। पार्टीले लामिछानेविरुद्धको कानूनी प्रक्रिया राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको दाबी गर्दै यस विषयमा निष्पक्ष छानबिनको माग गरेको छ।

रास्वपाले आगामी दिनमा पनि लामिछानेको समर्थनमा थप फरक शैलीमा विरोध कार्यक्रम जारी राख्ने तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार