रवि पत्नी निकितालाई पनि सहकारी ठगीमा तानिँदै, प्रहरीमा मुद्दा दर्ता

२०८१ कार्तिक ११, आईतवार

काठमाडौं : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेविरूद्व पनि प्रहरीमा जाहेरी परेको छ ।

कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनको आरोपमा निकिताविरूद्व पनि मुद्दा दर्ता भएको हो । निकिता स्वर्णलक्ष्मी सहकारीकी पूर्व उपाध्यक्ष हुन् । कालिमाटीमा सञ्चालित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको आर्थिक अपचलनसम्बन्धी मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता गरेको छ । निकिताले आफू कार्यरत रहेको बेला सहकारीबाट ऋण लिएको पाइएको प्रहरीले जनाएको छ ।

तर निकिताले ऋण भने पहिलै तिरिसकेकी छिन् । सहकारीबाट नियमविपरीत रकम प्रवाह गरिएको र थुप्रै बचतकर्ताको रकम अपचलन भएको आरोपमा मुद्दा दर्ता भएको हो । यसअघि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको बेलामै मुद्दा दर्ताका लागि बचतकर्ताहरु कालिमाटीस्थित प्रहरी वृत्त पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
2

ताजा समाचार